मुम्बई रेल विस्फोट : आरोपीलाई रिहा गर्ने बम्बई उच्च अदालतको आदेशमा सर्वोच्च अदालतले लगायो रोक
सारांश
- सर्वोच्च अदालतले सन् २००६ को मुम्बई रेल विस्फोट मुद्दामा बम्बई उच्च अदालतको निर्णयमा रोक लगाएको छ।
- महाराष्ट्र सरकारले १२ अभियुक्तलाई सफाइ दिने उच्च अदालतको निर्णयविरुद्ध सर्वोच्चमा निवेदन दिएको थियो।
- मुम्बई रेल विस्फोटमा १८९ जनाको मृत्यु भएको थियो भने ८२४ जना घाइते भएका थिए।
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले बिहीबार २००६ को मुम्बई रेल विस्फोटमा बम्बई उच्च अदालतको निर्णयमा रोक लगाएको छ । जुलाई २२ मा महाराष्ट्र सरकारले बम्बई उच्च अदालतले विस्फोट मुद्दामा १२ जना अभियुक्तलाई सफाइ दिने निर्णय विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।
बम्बई उच्च अदालतको यो निर्णयले साे अन्तर्गत चलिरहेका अन्य मुद्दाहरूलाई पनि असर गर्न सक्ने भन्दै महान्यायाधिवक्ता तुषार मेहताले यसमा रोक लगाउन माग गरेका थिए । सर्वोच्च अदालतले महान्यायाधिवक्ताको पुनरावेदन स्वीकार गरेको छ ।
न्यायाधीश एमएम सुन्दरेश र एनके सिंहको इजलासले भन्यो– ‘हामीलाई भनिएको थियो कि सबै प्रतिवादी रिहा भइसकेका छन् र उनीहरूलाई जेलमा फेरि फर्काउने कुनै प्रश्नै उठ्दैन । यद्यपि, कानुनी मुद्दामा एचसीले गरेको तर्कलाई ध्यानमा राख्दै, हामी यो निर्णयलाई नजिरको रूपमा लिनु हुँदैन भन्ने स्पष्ट पार्न चाहन्छौँ ।’
यससँगै सर्वोच्च अदालतले बम्बई उच्च अदालतको निर्णयमा रोक लगाइदियो । साथै, महाराष्ट्र सरकारले दायर गरेको पुनरावेदनमा पनि इजलासले सूचना जारी गरेको छ । २००६ को जुलाई ११ मा मुम्बई लोकल ट्रेनका रेल लाइनमा विस्फोट भए । यी विस्फोटहरू मुम्बईको पश्चिमी रेलवे लाइनमा सात फरक रेलहरूमा भएका थिए । यी विस्फोटमा परे १८९ जनाको मृत्यु भएको थियो भने ८२४ जना घाइते भएका थिए ।
यसलाई मुम्बईमा भएको सबैभन्दा ठुलो आक्रमण मध्ये एक मानिन्छ यस मुद्दामा, विशेष अदालतले २०१५ मा पाँच अभियुक्तलाई मृत्युदण्ड र सात जनालाई आजीवन कारावासको सजाय सुनाएको थियो । मुम्बई उच्च अदालतले तल्लो अदालतको फैसला उल्टाउँदै सबै १२ अभियुक्तलाई सफाइ दियो । यी मध्ये एक अभियुक्त कमल अन्सारीको २०२१ मा मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पलाल जन्मजयन्तीमा समाजवादबारे बहस
-
‘सडकको दुरावस्था र लापरबाहीमा सरकारी निकायलाई पनि मुद्दा लगाउन सकिने व्यवस्था पहिल्यैदेखि छ’
-
रातोपाटीकर्मी गिरी ‘म्युजिक खबर सङ्गीत पत्रकारिता सम्मान २०८२’ बाट सम्मानित
-
धमाधम जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन माग्दै नेताहरू
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण