दुर्घटनाग्रस्त अवस्थामा भेटियो रुसी विमान
बिहीबार, ०८ साउन २०८२, १४ : २९
सारांश
- रुसी उद्धारकर्मीहरूले बेपत्ता भएको विमान फेला पारेका छन् ।
- विमानमा ४३ जना यात्री र ६ जना चालक दलका सदस्य सवार थिए र दुर्घटनाग्रस्त अवस्थामा भेटियो ।
- विमान चीनको सीमा नजिक ब्लागोवेशचेङ्कबाट उडेको थियो र टिंडा विमानस्थल नजिक दुर्घटना भयो ।
मस्को । रुसी उद्धारकर्मीहरूले बेपत्ता भइरहेको विमान फेला पारेका छन् । आफ्नो गन्तव्यभन्दा १६ किमी पर रहँदा विमान बेपत्ता भएको थियो । उद्धारकर्मीहरूले दुर्घटनाग्रस्त अवस्थामा विमान भेट्टाएका हुन् ।
आपत्कालीन अधिकारीहरूका अनुसार अंगारा एयरलाइन्सको एएन–२४ विमानमा ४३ यात्री र चालक दलका ६ जना सदस्य सवार थिए । विमान चीनको सीमा नजिक ब्लागोवेशचेङ्कबाट उडेको थियो । यो टिंडा विमानस्थल नजिक पुग्नै लाग्दा रडारबाट गायब भयो ।
सबै आवश्यक संसाधनहरूलाई विमान खोज्न परिचालन गरिएको अमुरका क्षेत्रीय गभर्नरले भनेका छन् । विमानमा पाँच बालबालिकासहित ४३ जना यात्री र चालक दलका ६ जना सदस्यहरू सवार रहेको उनले बताए ।
रुसको आपत्कालीन मन्त्रालयले बताएअनुसार हेलिकप्टरले विमानको जलिरहेको संरचना देखेको बताइएको छ । यस घटनामा कोही पनि बचेको आशा गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण