सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

‘पूजा, सर’(राजागंज) फ्रान्सका ६२ हलमा प्रदर्शन

बिहीबार, ०८ साउन २०८२, १४ : ५४
बिहीबार, ०८ साउन २०८२

काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’(राजागंज) फ्रान्सका ६२ वटा हलमा एकसाथ प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय फिल्मको केन्द्र मानिने फ्रान्समा पहिलो पटक यति ठुलो संख्यामा नेपाली फिल्म प्रदर्शन भएको निर्माण कम्पनीको दाबी छ । 

आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, रिचा शर्मा, गौमाया गुरूङलगायतको अभिनय फिल्लमा छ । निर्माणमा आदि फिल्मस, बाँसुरी फिल्म्स र नर्वेको ट्यानहाउजरको सहकार्य छ ।

फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनकी मिसेल हेलबस्टडले फिल्म निकै आकर्षक र अप्रत्याशित रहेको बताएकी छन् । ‘पूजा, सर एउटा यस्तो फिल्म हो । जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यहरूमा सिधै लैजान्छ । यस अर्थमा, यो अप्रत्याशित र आकर्षक छ,' उनले भनेकी छन् । 

फिल्मले भेनिस, बुसान, सिड्नी, टालिन बाल्क नाइट्स, गोथेनबर्ग लगायत महोत्सवको यात्रा गरिसकेको छ । निर्माण पक्षले दिएको जानकारीअनुसार फिल्मलाई बेलायतको च्यानल फोरले खरिद गरिसकेको छ ।

नोभेम्बर २०२५ देखि फिल्म एयरलाइन्समा पनि प्रदर्शन हुने बताइएको छ । अमेरिकी कम्पनी पेनी ब्ल्याक मिडियाले एयरलाइन्सको वितरण सम्हालेको हो । नेपालमा यो फिल्म गत चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । फिल्मले खासै राम्रो व्यवसाय भने गर्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप