शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सिराहामा साइकल दुर्घटना हुँदा एक बालकको मृत्यु

बिहीबार, ०८ साउन २०८२, २० : ३१
बिहीबार, ०८ साउन २०८२

सिराहा । सिराहाको मिर्चैया नगरपालिका–५ स्थित मिर्चैया हिल पार्कमा भएको साइकल दुर्घटनामा एक बालकको मृत्यु भएको छ । 

बिहीबार दिउँसो भएको दुर्घटनामा अर्का एक बालक घाइते समेत भएका छन् । जय बजरंगबली सामुदायिक वन र जिवा ठाकुर सामुदायिक वन अन्तर्गत सञ्चालित हिल पार्कमा घुम्न गएका दुई बालक ओरालो बाटो हुँदै साइकलमा झर्दै गर्दा सन्तुलन गुमाउँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

दुर्घटनामा मिर्चैया–५ निवासी केशव मण्डलका १३ वर्षीय छोरा अभिषेक मण्डलको घटनास्थलमै मृत्यु भएको हो। सोही साइकलमा पछाडि सवार रहेका स्थानीय विष्णु ठाकुरका १२ वर्षीय छोरा विकास ठाकुर घाइते भएका छन् । घाइते ठाकुरको मिर्चैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बालक अभिषेकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी बिरेन्द्र पासवानले जानकारी दिएका छन् ।

स्थानीयहरूका राम नारायण ठाकुरका अनुसार हिल पार्कमा बालबालिकाका लागि सुरक्षाको विशेष व्यवस्था नहुँदा यस्ता दुर्घटना हुने सम्भावना बढ्दो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप