धनराज गुरुङको पुरानो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत प्रचार, सचिवालयको आपत्ति
काठमाडौँ । नेपाली काङ्ग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङको पुरानो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा गलत प्रचार गरिएपछि गुरुङको सचिवालयले आपत्ति जनाएको छ ।
बिहीबार गुरुङको सचिवालयले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
सामाजिक सञ्जालमा सम्बन्ध बिच्छेद हुनुपूर्व पत्नी ज्योति गुरुङसँग खिचिएको फोटोलाई हालै न्युयोर्कमा घुमघाम गर्दै खिचिएको फोटो भनी भ्रमपूर्ण प्रचारप्रसार गरिएपछि सचिवालयले ध्यानाकर्षण भएको जनाएको हो ।
'सामाजिक सञ्जालमा प्रचार गरिएको फोटो सम्बन्ध विच्छेद हुनुपूर्व खिचिएको सबैलाई जानकारी गराइन्छ । माननीय धनराज गुरुङ संविधानसभा सदस्य भएको हुँदा उक्त फोटोमा संविधानसभा सदस्यको लोगो प्रस्ट देख्न सकिन्छ ।२०७६ सालमा सम्बन्ध विच्छेद भैसकेको हुँदा हाल आएर उक्त तस्बिर राजनैतिक प्रतिशोधका कारण प्रचार गरिएको सचिवालयको ठहर छ,'सचिवालय सदस्य भूपराज बस्यालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा फोटो राख्नेलाई सञ्जालको दुरुपयोग नगर्न सचिवालयले आग्रह समेत गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने कार्य नरोकिएमा कानुनी उपचारको बाटो अपनाउन बाध्य हुने समेत सचिवालयले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण