‘तीनकुने घटनामा चारवटा झुटा मुद्दा लगाइयो, संसदीय छानबिन समिति गठन गरौँ’
सारांश
- राप्रपा सांसद धवल शमशेर जबराले तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरे।
- सांसद राणाले आफूहरूमाथि झुटा मुद्दा लगाइएको र राज्यले राजावादी विचारलाई निरुत्साहित गरेको आरोप लगाए।
- उनले तीनकुने घटना राज्यको कमजोर सुरक्षा संयन्त्रको कारण भएको बताउँदै पक्राउ परेका राजावादी नेता कार्यकर्तालाई रिहा गर्न माग गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद राणाले सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरूमाथि झुटा मुद्दा लगाएको टिप्पणी गरेका हुन् ।
उनले भन्नुभयो, ‘हामी र हामीले बोकेको विचारलाई निरुत्साहित गर्ने उद्देश्यले देशद्रोही र संगठित अपराधसहित चारवटा झुटा मुद्दा लगाइएको छ । मलाई विश्वास छ कि यो मुलुकको गरिमामय न्यायालयले दुधको दुध र पानीको पानी गरी निष्पक्ष न्याय दिनेछ । म संसद्मार्फत माग गर्न चाहन्छु तीनकुने घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरौँ । यस्तो घटनाको पनि छानबिन गर्दैनौँ भने हामी के को छानबिन गर्ने ? र दोषीलाई कारबाही र निर्दोषलाई न्याय मिलोस् ।’
उनले राज्यको कमजोर सुरक्षा संयन्त्रको कारण तीनकुने घटना घटेको उल्लेख गर्दै पक्राउ परेका सबै राजावादी समूहका नेता कार्यकर्ताहरूलाई रिहा गर्न समेत माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण