एक वर्षमा उदयपुरका आठ हजार बढीले लिए राहदानी
शनिबार, १० साउन २०८२, १० : १२
सारांश
- उदयपुरमा एक वर्षमा ८ हजार ३६५ जनाले राहदानी लिएका छन्।
- राहदानी लिनेमा ५ हजार ६४२ पुरुष र २ हजार ७२२ महिला रहेका छन्।
- प्रारम्भिक अध्ययनले वैदेशिक रोजगारीको लागि राहदानी बनाइएको देखाएको छ।
उदयपुर । एक वर्षको अवधिमा उदयपुरका झण्डै साढे आठ हजार जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार आर्थिक वर्ष २०८१ को साउनदेखि २०८२ को असार मसान्तसम्ममा जिल्लाभरिबाट आठ हजार ३६५ जनाले राहदानी लिएका हुन् ।
राहदानी लिनेमध्ये पुरुषको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । राहदानी लिनेहरुमा पाँच हजार ६४२ जना पुरूष रहेका छन् भने दुई हजार ७२२ जना महिला रहेका छन् ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार वैदेशिक रोजगारीमा जाने प्रयोजनकै लागि राहदानी बनाएको प्रारम्भिक अध्ययनले देखाएको छ । देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा र श्रमको मूल्य नपाउँदा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या निरन्तर वृद्धि हुँदै गएको जिल्लाका जानकारहरूले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण