मीनकृष्ण महर्जन भन्छन् : मुख्यमन्त्री लामाले नैतिकताको आधारमा दलको नेताबाट राजीनामा दिनुपर्छ
सारांश
- बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको विवाद चुलिएको छ, मन्त्री महर्जनले मुख्यमन्त्री लामाको राजीनामाको माग गरेका छन्।
- मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन हस्ताक्षर गरेका महर्जनले सामाजिक सञ्जालमार्फत राजीनामा दिन सुझाव दिएका हुन्।
- मुख्यमन्त्री लामाले निर्वाचन प्रक्रियाबाट दलको नेता चुनिएकाले तत्काल राजीनामा नदिने र अविश्वास प्रस्ताव फेस गर्ने बताएका छन्।
हेटौँडा । बागमती प्रदेश सरकारमा सत्तारुढ दल नेपाली कांग्रेसभित्रको विवाद चुलिँदै गएको छ । प्रदेशसभामा कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँको पक्षमा समर्थन जनाउँदै पदबाट राजीनामा दिएका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले २०५६ सालमा कृष्णप्रसाद भट्टराईको प्रसङ्ग स्मरण गराउँदै मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुपर्ने बताएका हुन् ।
कांग्रेस संसदीय दलको नेता परिवर्तनको पक्षमा उभिएर मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर गरेका उनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।
मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन हस्ताक्षर गरेका उनले शुक्रबार दिउँसो मन्त्री पदबाट राजीनामा दिएर ह्वाट्स एपबाट राजीनामा पत्र पठाएका थिए भने मुख्यमन्त्री लामाले उनलाई पदबाट मुक्त गरेका थिए । मुख्यमन्त्री लामाविरुद्ध उत्रिएका उनले संसदीय दलको नेतृत्व कमजोर भएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए भने मुख्यमन्त्री लामा माथि आवश्यक कदम चाल्न समेत दबाब सिर्जना गर्दै आएका थिए ।
‘२०५६ सालको संसदीय निर्वाचनपछि कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री हुनु भएको ११ महिनापछि उहाँलाई कांग्रेसकै सांसदहरूले बहुमत सांसदसहित अविश्वास प्रस्ताव दर्ता भयो र किसुनजीले नैतिकताको आधारमा राजीनामा दिनुभयो । अब मुख्यमन्त्रीले पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’ उनले भनेका छन् ।
शुक्रबार दिउँसो कांग्रेस बागमती प्रदेश सभापति बानियाँलाई संसदीय दलको नेता बनाउन माग गर्दै २१ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री लामाविरुद्ध दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्ताव दर्ता भएपश्चात् मुख्यमन्त्री लामाले निर्वाचन प्रक्रियाबाट दलको नेता चुनिएकाले तत्काल राजीनामा दिने अवस्था नरहेको र अविश्वास प्रस्ताव फेस गरेर अघि बढ्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण