प्रधानमन्त्री ओलीद्वारा द्रूतमार्गको सुरुवात बिन्दु समस्या समाधानका लागि उच्चस्तरीय छलफल
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले खोकना क्षेत्रमा द्रुतमार्ग आयोजनाको समस्या समाधानबारे छलफल गरे।
- छलफलमा स्थानीयको माग र संवेदनशीलतालाई ध्यानमा राखी वैकल्पिक समाधान खोज्नेबारे विमर्श भयो।
- प्रधानमन्त्रीले स्थानीयको माग सम्बोधन गर्दै आयोजनालाई तीव्रता दिन निर्देशन दिए।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई मधेस द्रुतमार्ग आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रमा देखा परेका समस्याहरू समाधानका लागि आइतबार सम्बन्धित मन्त्रीहरू र उच्च अधिकारीहरूसँग परामर्श गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न छलफलमा द्रुतमार्गको हालको सुरुवात बिन्दु ललितपुर महानगरपालिका–२१ अन्तर्गत खोकनाको फुडोल क्षेत्रमा कायम हुँदा उत्पन्न समस्या र त्यसका समाधानको लागि अहिलेसम्म गरिएका अध्ययन तथा सुझावहरूबारे छलफल भएको हो।
खोकना क्षेत्र नेवार समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र भएकाले त्यहाँको संवेदनशीलता ध्यानमा राखी वैकल्पिक समाधानका उपायहरूबारे विमर्श गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले आयोजनालाई अन्योलमा नराखी स्थानीयको मागलाई यथाशक्य सम्बोधन गर्दै काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
उक्त छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, प्रधानसेनापति प्रभुराम शर्मा, सम्बन्धित मन्त्रालयका सचिवहरू लगायतको उपस्थिति थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण