शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सुन्दरीजलमा सेनाले गर्‍यो पाँच तीर्थयात्रीको उद्धार

सोमबार, १२ साउन २०८२, ११ : ५७
सोमबार, १२ साउन २०८२

सारांश

  • नेपाली सेनाले सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक खोलामा फसेका ५ जनाको सकुशल उद्धार गरेको छ।
  • उद्धार गरिएका व्यक्तिहरूमा चार भारतीय र एक नेपाली तीर्थयात्री थिए।
  • नुहाउने क्रममा खोलाको बहाव बढेपछि उनीहरू फसेका थिए र सेनाले उद्धार गरेको हो।

काठमाडौँ । नेपाली सेनाले काठमाडौँको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक खोलामा फसेका ५ जनाको सकुशल उद्धार गरेको छ । मंगलबार बिहान २ : ३० बजे सो मन्दिर नजिकको खोलाको बिचमा फसेका चार भारतीय र एक नेपाली तीर्थयात्रीको सेनाले सकुशल उद्धार गरेको हो ।

521916962_9928075077297168_6506742741374296475_n

नुहाने क्रममा एकासी खोलाको बहाव बढ्न गई उनीहरू बिचमा फसेका थिए । श्री चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरूको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप