हायू परिवारका सबै सदस्य फेला, गाडी रिजर्भ गरेर पोखरा आएका थिए
सारांश
- हराएका भनिएका हायू परिवारका १५ सदस्यलाई पोखराको गगनगौंडामा फेला पारिएको छ।
- उनीहरू मजदुरीका लागि पोखरा आएको र स्थानीयको घरमा बसेको प्रहरीले जनाएको छ।
- सिन्धुलीबाट गाडी रिजर्भ गरी आएका हायू परिवार १४-१५ दिन पोखरा बस्ने योजनामा रहेको बुझिएको छ।
पोखरा । शुक्रबारदेखि हराएका सिन्धुलीका हायू परिवारका सबै सदस्य कास्कीको गगनगौंडामा फेला परेका छन् । उनीहरू १५ जनालाई पोखराको माथिल्लो गगनगौँडा क्षेत्रमा प्रहरीले भेट्टाएको हो ।
कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरूले आफूहरू मजदुरीको काम गर्न पोखरा आएको बताएका छन् ।
उनीहरूलाई गगनगौँडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला पारिएको एसपी ओलियाले जानकारी दिए ।
’हामी लेबर काम गर्ने हो, यतातिर काम खोज्न आएको भन्दै छिरेका रहेछन्,' एसपी ओलियाले भने, 'सबै जनालाई अहिले इलाका प्रहरी कार्यालयमा ल्याउने काम भइरहेको छ । उनीहरू पोखरामा बस्न आएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ । उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको पनि खुलेको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू हिजो (एक दिनअघि) मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।'
होटलबाट निस्किएको भोलिपल्टै उनीहरूलाई प्रहरीले फेला पारेको हो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट हायू परिवार गत शुक्रबारदेखि बेपत्ता भएकाे थियाे । गाउँपालिकाले १६ जना बेपत्ता भएकाे जानकारी दिएकाे थियाे । तर प्रहरीकाे अनुसन्धानका क्रममा विवाहित छोरी सुजाता हायू भने श्रीमान्सँग काठमाडाैँमा बस्ने गरेकाे खुलेकाे थियाे ।
यी हुन् हायू परिवारका १५ जना
१. उर्मिला हायु, ५२ वर्ष (आमा)
२. कमला हायु, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी)
४. उषा हायु, १९ वर्ष (छोरी)
५. अस्मिता हायु, १८ वर्ष (छोरी)
६. राजु हायु, २९ वर्ष (जेठो छोरो)
७. हिमाल हायु, २४ वर्ष (माइलो छोरो)
८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरो)
९. वेग बहादुर हायु, १४ वर्ष (छोरो)
१०. लक्ष्मण हायु, ११ वर्ष (छोरा)
११. सुवर्ण हायु, १२ वर्ष (छोरा)
१२. ओम कुमारी हायु, १० वर्ष (छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु,
१५. शान्ता हायु, १५ वर्ष (छोरी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण