बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार
बुधबार, १४ साउन २०८२, ०६ : २५
सारांश
- बेनी अस्पतालले ज्येष्ठ नागरिकहरूलाई सहुलियतमा उपचार सेवा सुरु गरेको छ।
- ६० देखि ६९ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले ५० प्रतिशत छुट पाउनेछन् भने ७० देखि ७९ वर्षकाले ७५ प्रतिशत छुट पाउनेछन्।
- अस्पतालले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई अधिकांश सेवा निःशुल्क गरेको छ।
म्याग्दी । बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो ।
पचास शय्या क्षमताको यो अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् । सत्तरीदेखि ७९ वर्षसम्मकालाई ७५ प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी खत्रीले बताइन्।
असी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई अधिकांश सेवा निःशुल्क गरिएको छ । वार्षिक ६० हजारभन्दा बढी बिरामीले उक्त अस्पतालबाट सेवा लिने गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण