खेलकुद
विश्व टिम टेबलटेनिस च्याम्पियनसिप : दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरु (तस्बिरहरू)
बुधबार, १४ साउन २०८२, १२ : १०
सारांश
- विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ को छनोट नेपालमा सुरु भएको छ।
- प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्सको सहभागिता रहेको छ।
- राउन्ड रोबिन लिग प्रणालीमा खेलिने छनोटबाट पहिलो हुने टिमले इङ्गल्यान्डमा हुने च्याम्पियनसिप खेल्नेछन्।
काठमाडौँ । विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरु भएको छ । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र मालदिभ्स सहभागी छन् ।
नेपालबाट महिला टिममा वियंका राई, इभाना थापा, नबिता श्रेष्ठ, योङगी पौडेल छन् भने पुरुष टिममा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार, गनन्जय दाहाल छन् ।
राउन्ड रोबिन लिग प्रणालीमा खेलिने यो छनोटबाट पुरुष तथा महिला दुवै समूहका पहिलो हुने राष्ट्रले इङ्गल्यान्ड २०२६ सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा स्थान बनाउनेछ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख ४५ हजार लागत लाग्नेछ।
_Gwho05PkmW.jpg)
_nAovTnuG7o.jpg)
_3oIbbgLG8f.jpg)
_2iXQdOn341.jpg)
_6YCzdNnlKj.jpg)
_pQFMTrVGkR.jpg)
_WHPoHeXOl1.jpg)
_UuFfOBglpg.jpg)
_wWnKOwpe9i.jpg)
_AwT5wqVQx7.jpg)
_hBsvsmFxBL.jpg)
_jwOPuKz5tg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण