गृह मन्त्रालयले दुई सीडीओ परिवर्तन गर्यो, प्रवक्ता तोकेन
सारांश
- गृह मन्त्रालयले रुपन्देही र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालयमा तानेको छ।
- गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार डा.टोकराज पाण्डेलाई रुपन्देही र बन्धुप्रसाद बास्तोलालाई सिन्धुपाल्चोक पठाइनेछ।
- प्रवक्ता रिक्त भएपछि सहसचिव गोविन्द रिजाल र जयनारायण आचार्य प्रवक्ताको सम्भावित उम्मेदवार हुन्।
काठमाडौँ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूलाई मन्त्रालयमा तानिएको हो ।
रुपन्देहीमा डा.टोकराज पाण्डे र सिन्धुपाल्चोक बन्धुप्रसाद बास्तोलालाई पठाउने निर्णय पनि मन्त्री लेखकले गरेका मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जानकारी दिएको छ । मन्त्री लेखकले सोमबार यो निर्णय गरे पनि आइतबारबाट रिक्त भएको मन्त्रालयको प्रवक्ता कसैलाई तोकेनन् ।
गत असार ३१ गते मन्त्रालयको प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो । उनी आइतबार मन्त्रालयबाट बिदा भई विभागमा हाजिर भएपछि प्रवक्ता रिक्त भएको हो ।
मन्त्रालयको प्रवक्तामा अध्यागमन विभागको महानिर्देशकबाट मन्त्रालयमा तानिएका सहसचिव गोविन्द रिजाल र मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव जयनारायण आचार्यको सम्भावना छ । दुवै जना काठमाडौँका प्रमुख जिल्ला अधिकारी भइसकेकाले उनीहरू मध्यबाटै एक जना मन्त्रालयको प्रवक्ता हुने स्रोतले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण