मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

विवाह गर्दै ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा

बिहीबार, १५ साउन २०८२, १२ : १९
बिहीबार, १५ साउन २०८२

सारांश

  • अभिनेत्री आश्मा गिरीले लन्डन निवासी प्रलभ ढुंगानासँग विवाह गर्दैछिन्।
  • उनीहरूको विवाह समारोह मुलपानी चाबहिलको रोयल प्यालेसमा आयोजना हुँदैछ।
  • आश्मा र प्रलभ ७ वर्ष लामो प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिन लागेका हुन्।

काठमाडौँ । ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले लन्डन निवासी प्रलभ ढुंगानासँग शुक्रबार लगनगाँठो कस्न लागेकी हुन् ।

उनको विवाह समारोह मुलपानी चाबहिलको रोयल प्यालेसमा आयोजना गरिएको छ । विवाहमा साथीभाइ, परिवार र नजिकका आफन्तलाई निम्त्याइएको छ ।

प्रलभसँगको करिब ७ वर्ष लामो प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेको बताइन्छ । आश्माले वेभ सिरिज रङ टाइमबाट अभिनय थालेकी हुन् ।

त्यसपछि उनले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी थिइन् । उनको डेब्यु फिल्म ‘ड्रिम गर्ल’ हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप