प्रधानमन्त्री भन्छन्– सबैले खीर खान पाउने वातावरण बनाउन लागौँ
बिहीबार, १५ साउन २०८२, १६ : ४१
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ मा सबै नेपालीले खीर खाने वातावरण बनाउनुपर्ने बताए।
- उनले सुख्खाले तराई-मधेसमा राम्रो खेती नभएकोले सिँचाइको प्रबन्ध गर्न सरकार लागिपरेको बताए।
- प्रधानमन्त्री ओलीले सुनकोसी मरिन डाइभर्सन लगायतका आयोजना छिटो सक्न निर्देशन दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
त्यसक्रममा उनले तराई मधेसमा यस वर्ष सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिँचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको भन्दै सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण