मुख्यमन्त्री लामाले पदको लाभमा सिद्धान्त र नैतिकता बिर्सिए : पूर्वमन्त्री महर्जन
सारांश
- पूर्वमन्त्री मीनकृष्ण महर्जनले मुख्यमन्त्रीले पदको लोभमा सिद्धान्त र नैतिकता बिर्सेको आरोप लगाए।
- उनले मुख्यमन्त्री बहादुरसिंह लामा एमालेकै प्रभावमा रहेको र स्वायत्त निर्णय क्षमताको अभाव रहेको बताए।
- महर्जनले कांग्रेसका आन्तरिक विवादमा एमालेका मन्त्रीहरूले खेलेको र प्रदेश सरकारलाई संकटमा पारेको आरोप लगाए।
हेटौँडा । बागमती प्रदेशका पूर्वमन्त्री मीनकृष्ण महर्जनले पदको लोभमा मुख्यमन्त्रीले सिद्धान्त र नैतिकता बिर्सिएको बताएका छन् । उनले उनले पार्टी निर्णयको बेवास्ता गर्दै व्यक्तिगत हित र पदको मोहमा सरकार चलिरहेको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री महर्जनले मुख्यमन्त्री र वर्तमान सरकारका केही मन्त्रीहरूमाथि आरोप लगाएका हुन् ।
उनका अनुसार मुख्यमन्त्री बहादुरसिंह लामाले अझै पनि एमालेका केही मन्त्रीहरूसँग नियमित सल्लाह लिइरहेको र स्वायत्त निर्णय क्षमताको अभाव देखिएको छ ।
‘मुख्यमन्त्री अझै पनि एमालेकै प्रभावमा हुनुहुन्छ । निर्णय लिने स्वतन्त्रता देखिँदैन’ उनले आफू सहित चार जना मन्त्रीले ९ साउनमा एकसाथ पदबाट राजीनामा दिएको प्रसङ्ग उठाउँदै भने- ‘हामीले स्पष्ट असन्तुष्टि जनाउँदै राजीनामा दिएका थियौँ । तर, त्यसको भोलिपल्ट कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल, स्वास्थ्य मन्त्री किरण थापामगर र श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन मुख्यमन्त्री निवास पुगेर हामी साथमा छौँ, राजीनामा नदिनुहोस् भन्दै मुख्यमन्त्रीलाई उक्साउनुभयो । कांग्रेसका आन्तरिक विवाद भित्र खेल्ने काम एमालेका मन्त्रीहरूबाट भयो । जसले प्रदेश सरकारलाई राजनीतिक सङ्कटमा धकेलेको छ ।’
मन्त्री श्रेष्ठले कृषि मन्त्री श्रेष्ठले पदको लोभमा दोहोरो चरित्र देखाएको उनले आरोप लगाएका छन् । विगतमा नागरिकलाई डेलिभरि दिन सकिएन, मुख्यमन्त्रीले काम गर्न सकेनन् भनेर आलोचना गर्ने व्यक्ति नै फेरि राजीनामा नदिनू भनेर दोहोरो चरित्र देखाएको उनले आरोप लगाए । उनले मन्त्री श्रेष्ठलाई यो पदको मोह होइन ? भन्दै प्रश्न समेत गरेका छन् ।
‘मन्त्री श्रेष्ठले मलाई पटक–पटक भनेका थिए, इन्द्र बानियाँ मुख्यमन्त्री भए हामी पेलिन्छौँ । उ खतरा छ ।’ उनको भनाई यस्तो लाग्थ्यो जस्तो मुख्यमन्त्री बनाउने अधिकार नै उहाँसँग हो’ उनले भने ।
उनका अनुसार, बागमती प्रदेशको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भइसकेको र अब व्यक्तिगत रूपमा अनावश्यक चासो र दबाब सिर्जना गर्नु उचित नहुने पूर्व मन्त्री महर्जनले चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण