रास्वपाले आजदेखि खुला आँगन कार्यक्रम प्रारम्भ गर्दै
सारांश
- रास्वपाले प्रत्यक्ष जनसम्पर्क र खुला संवादका लागि खुला आँगन कार्यक्रम सुरु गर्ने भएको छ।
- यस कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक र नागरिकले राष्ट्र निर्माणबारे छलफल गर्नेछन्।
- कार्यक्रम पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा अपराह्न ४ देखि ६ बजेसम्म हुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष जनसम्पर्क तथा पार्टी नेतृत्व र नागरिकबिच खुला संवादको संस्कार विकास गर्ने उद्देश्यका साथ खुला आँगन कार्यक्रम प्रारम्भ गर्ने भएको छ ।
यस कार्यक्रममा पार्टी सदस्य, शुभेच्छुक, आम नागरिक सहभागी भई राष्ट्र निर्माणसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल, संवाद हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बुर्लाकोटीका अनुसार अपराह्न ४ देखि ६ बजेसम्म पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा कार्यक्रमको प्रारम्भ गर्दैछ। खुला आँगन कार्यक्रममा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले पार्टीका सदस्य शुभचिन्तकहरूसँग भेटघाट गर्ने गरी तालिका तय गरिएको छ।
आजको कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी, पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य, पार्टी सहप्रवक्ता रमेश प्रसाई लगायतका नेताहरू सहभागी हुनेछन्। पार्टी सदस्य, शुभचिन्तक एवं आम नागरिकहरूलाई आफ्ना विचार, सुझाव र जिज्ञासासहित उपस्थित हुन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत सामान खरिदमा ‘क्यास अन डेलिभरी’ गर्दा ठगिने सम्भावना कम हुन्छ : दिलीप कुमार गिरी
-
प्रतिनिधिसभा बैठक स्थगित
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण