हनुमन्ते खोला हेरेर नेपाल फोहोर छ भन्न मिल्दैन : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल निरोगी बन्न सक्ने बताएका छन्।
- बागमती प्रदेश पूर्ण खोप घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
- उनले नेपाललाई स्वच्छ र स्वस्थ राख्न सकिने र फोहोर व्यवस्थापन गर्न सकिने कुरामा जोड दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल निरोगी बन्न सक्ने बताएका छन् । शुक्रबार बागमती प्रदेश पूर्ण खोप घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको हावापानी शुद्ध र पवित्र भएका कारण पनि नेपाल निरोगी बन्न सक्ने बताएका हुन् ।
‘कसैलाई रोग नलागोस् र निरोगी नेपाल होस्’, प्रधानमन्त्री अोलीले लामो प्रयासबाट बागमती प्रदेशमा पूर्ण खोप घोषणा सफल भएको भन्दै यो काम एक जना व्यक्ति र एक छिनको प्रयासबाट सम्भव नभएको बताए ।
‘लामो समय र धेरैको प्रयासले सफल भएको हो । यो असाधारण अवसर’, प्रधानमन्त्रीले भने, ‘समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने बाटोमा हिँडिरहेका छौँ । नेपाललाई सुशासन, स्वच्छतासँगै जनतालाई सुखी बनाउन चाहन्छौँ ।’
उनले योभन्दा ठुलो गन्तव्य नहुने भन्दै यो गन्तव्य प्राप्त गर्न स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको गन्तव्य राखिएको बताए । उनले हनुमन्ते खोलालाई हेरेर नेपाल फोहोर छ भन्न नमिल्ने बताए ।
‘हनुमन्ते खोलालाई हेरेर नेपाल फोहोर छ भन्न मिल्दैन । कहिँ कहीँ त्यस्तो हुनसक्छ । तर नेपाललाई स्वच्छ र स्वस्थ राख्न सकिन्छ, फोहोर व्यवस्थापन गर्न सकिन्छ’, उनले ढल बागमतीमा मिसाएर हरेक महिना र हप्ता बागमती सफाइ चलिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण