शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यती एअरलाइन्स प्रायोजित ‘वुमन विथ द विङ्गस’ प्रतियोगिता सम्पन्न

आइतबार, १८ साउन २०८२, १५ : ०७
आइतबार, १८ साउन २०८२

पोखरा । मिस नेपाल २०२५ का सहभागीहरूबिच यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल “वुमन विथ द विङ्गस” को प्रतियोगिता पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । 

आत्मविश्वास, प्रस्तुतिको शैली, विचारशीलता र प्रेरणादायक व्यक्तित्वका आधारमा आइतबार सम्पन्न प्रतियोगितामा २६ जना प्रतिस्पर्धीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।‘वुमन विथ द विङ्गस’ सबटाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिलाको पहिचानका लागि यती एअरलाइन्सले प्रदान गर्ने सम्मान हो । 

यस उपाधिको माध्यमबाट यती एअरलाइन्सले महिलाको सशक्तीकरण, नेतृत्व क्षमता र समावेशी भूमिकालाई प्रोत्साहन गर्दै आइरहेको छ ।प्रतियोगितामा सहभागी युवतीहरूले व्यक्तिगत अनुभव, सामाजिक सोच र भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सशक्त रूपमा अभिव्यक्ति दिएका थिए । 

प्रतियोगिताको निर्णायक मण्डलमा यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्ट, द हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्निकार, नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, श्री नटराज ज्वेलर्सका निर्देशक अनुराज सरोगी र स्किन आट्र्स एस्थेटिककी निर्देशक स्वपनिल शर्मा रहेका थिए । जज प्यानलले सहभागीहरूलाई विभिन्न सूचकाङ्कको आधारमा मूल्याङ्कन गर्दै उत्कृष्ट प्रतिस्पर्धीको छनौट गरेका हुन् । 

द हिडन ट्रेजरको आयोजनामा हुने मिस नेपाल प्रतियोगितामा “वुमन विथ द विङ्गस” उपाधि महिलाको नेतृत्व क्षमतालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

उचाइको प्रतीक बनेर अरूका लागि प्रेरणा दिन सक्ने सामर्थ्य राख्ने आत्मविश्वासी नेपाली युवतीहरूका प्रतिभालाई उजागर गर्दै यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व  अन्तर्गत यस प्रकारको पहल गर्दै आएको छ । 

प्रतियोगिताको नतिजा भने आगामी भदौ १४ गते राजधानीमा आयोजना हुने मिस नेपाल २०२५ को ग्राण्ड फिनालेमा सार्वजनिक गरिने छ । यती एअरलाइन्सका अनुसार, “वुमन विथ द विङ्गस” उपाधि विजेताले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुने विभिन्न अभियान तथा कार्यक्रमहरूमा प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

विजेताले एक वर्षको अवधिमा यती एअरलाइन्सका तर्फबाट महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षणजस्ता विषयमा केन्द्रित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप