पहिरोले स्वास्थ्य चौकीमा क्षति
सोमबार, १९ साउन २०८२, १५ : ५१
सारांश
- गुल्मीमा अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ र सुत्केरी स्याहार कक्ष पुरिएको छ।
- चन्द्रकोट गाउँपालिका-१ दिबुरङ्ग स्वास्थ्य चौकीमा पहिरोले क्षति पुर्याएको हो, जसले सेवा प्रभावित पारेको छ।
- चन्द्रकोट गाउँपालिका-८ मा चार जनाको परिवार जोखिममा परेका छन् र उनीहरू छिमेकीको घरमा सरेका छन्।
तम्घास । गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबुरङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार आइतबार राति पहिरोले स्वास्थ्यचौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ । यसबाट सेवा प्रभावित बनेको छ ।
स्थानीय, स्वास्थ्यकर्मी, प्रहरीलगायतको सक्रियतामा पहिरो हटाउने काम भइरहेको र सुत्केरीका लागि स्वास्थ्यचौकीमै व्यवस्थापन गर्ने व्यवस्था गरिएको वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।
त्यसैगरी वर्षाको कारण चन्द्रकोट गाउँपालिका–८ मा चार जनाको परिवार जोखिममा परेको छ । मजुवाका अमरबहादुर कुमालको ढुङ्गा माटोले बनेको दुईतले कच्ची घर जोखिममा परेपछि उहाँहरु छिमेकीको घरमा बस्दै आउनुभएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० को उमेरपछि मुटुलाई फिट राख्न गर्नै पर्छ यी परीक्षण
-
अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण