बाजुराको सडक ठेक्काबारे पीएस–बानियाँ जेभीको ९ बुँदे प्रष्टीकरण
काठमाडौँ । बाजुराको मार्तडी–कोल्टी सडकखण्डको निर्माणबारे ठेकेदार कम्पनी पीएस–बानियाँले ९ बुँदाको प्रष्टीकरण दिएको छ । ‘बाजुरामा अलपत्र सडक छाडेर मुख्यमन्त्री बन्दैछन् ठेकेदार बानियाँ’ शीर्षकमा आइतबार रातोपाटीमा प्रकाशित सामाग्रीबारे कम्पनीले ९ बुँदामा खण्डन गरेको हो ।
कम्पनीले आफ्नो बाग्मती प्रदेशमा मुख्यमन्त्रीको दाबेदारी पेस गरेका सांसद इन्द्रबहादुर बानियाँसँगको आबद्धता समेत अस्वीकार गरेको छ । खण्डनमा भनिएको छ, ‘यस पीएस-बानियाँ जेभीको कुनै राजनीतिक दल र राजनीतिक व्यक्तित्वसँग सम्बन्धित नरहेको स्पष्ट पार्न चाहन्छौँ ।’
कम्पनीले कोल्टी-मार्तडी सडकको अवस्थाबारे समेत प्रस्ट्याएको छ । यस अन्तर्गत मार्तडीबाट १४ किलोमिटरदेखि ४० किलोमिटर क्षेत्रमा मात्र यस जेभीले ठेक्का सम्झौता गरी काम गरिरहेको तथा उक्त सडक निर्माणको ठेक्का अवधि २०८४ असार मसान्तसम्म रहेको जनाइएको छ ।
हालसम्म उक्त सडकको भौतिक प्रगति ४५ प्रतिशत रहेको र जेभीले हालसम्म सडक चौडा गर्ने र कालोपत्रेका लागि पूर्वाधार तयार गरिसकेको र अब कालोपत्रेको काम मात्रै बाँकी रहेको जनाएको छ ।
अहिले वर्षायाम सुरु भएको र प्राविधिक हिसाबले यो समयमा कालोपत्रे गर्न नमिल्ने भएकाले वर्षा सकिने बित्तिकै कालोपत्रे गर्ने र यसका लागि सम्पूर्ण औजार उपकरण साइटमै रहेको जेभीले जनाएको छ । अहिले मार्तडीदेखि ६।५ किलोमिटर टाढाको जिली क्षेत्रमा पहिरो गएको र सो क्षेत्र यस जेभीको कार्यक्षेत्रभित्र नरहेको समेत कम्पनीले प्रस्ट पारेको छ । अहिले सोही क्षेत्रमा ठुलो पहिरोका कारण यातायात अवरुद्ध भइ इन्धन ढुवानी हुन नसक्दा समस्या भइरहेको जेभीको दाबी छ । सकेसम्म छिटो इन्धन ढुवानी गरी आफ्नो कार्यक्षेत्रमा रहेको सडक सुचारु गर्न तत्पर रहेको समेत कम्पनीको भनाइ छ ।
कम्पनीले आफ्नो कारणले आयोजनाको बजेट फ्रिज नभएको समेत दाबी गरेको छ । ‘बजेट फ्रिज भएको भनिएको १३ करोड रुपैयाँ यस जेभीको कारणले नभई सरकारको वित्तीय अनुशासन अन्तर्गत फिर्ता भएको स्पष्ट पार्न चाहन्छौँ’ कम्पनीले पठाएको खण्डनमा उल्लेख गरिएको छ ।
कम्पनीले अहिले पनि आफूहरू निर्माण क्षेत्रका सबै सरोकारवालाहरूसँग निरन्तर सम्पर्कमा रहेको र सडकमा पर्ने समस्या समाधानका लागि हामी सधैं तत्पर रहेको समेत जनाएको छ । साथै आफ्नो काम समयमै सम्पन्न गर्ने प्रतिवद्धता समेत कम्पनीको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण