महानगरका सबै वडाहरूले करार कर्मचारी राख्न पाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना सबै वडाहरूलाई कार्यालय सहयोगी सेवा करारमा राख्न बाटो खुला गरेको छ ।
महानगरले वडाको आकार अनुसार मासिक १ लाख रुपैयाँसम्म बजेट विनियोजन गर्दै आवश्यक कर्मचारी करारमा राख्न सबै वडा कार्यालयहरूलाई परिपत्र गरेको हो ।
महानगरको प्रशासन विभागले मंगलबार जारी गरेको परिपत्र अनुसार, आर्थिक वर्ष ०८२/०८३ को बजेट तथा कार्यक्रममा रहेको खर्च सङ्केत नं. २२४१३ अन्तर्गत वडामा कार्यालय सहयोगी सेवाका लागि बजेट छुट्याइएको हो ।
परिपत्रमा वडाको वर्गीकरण अनुसार बजेटको सीमा तोकिएको छ । साना वडाका लागि प्रति महिना ७५ हजार रुपैयाँ, मझौला वडाका लागि प्रति महिना ८५ हजार रुपैयाँ र ठुला वडाका लागि प्रति महिना १ लाख रुपैयाँ सीमा तोकिएको हो ।
यस बजेटबाट वडाहरूले आफ्नो आवश्यकता अनुसार इलेक्ट्रिसियन, माली, सूचना प्रविधि (प्राविधिक), ड्राइभर, हेल्पडेस्क कर्मचारी, सरसफाइकर्मी वा केन्द्रीय सहयोगीमध्येबाट करारमा राख्न सक्नेछन् ।
कर्मचारी राख्न ५ बुँदे मार्गदर्शन
महानगरले कर्मचारी करारमा राख्नका लागि ५ बुँदे मार्गदर्शन समेत जारी गरेको छ । प्रशासन विभागका प्रमुख ध्रुव कुमार काफ्ले जारी गरेको परिपत्रमा पहिलेदेखि कार्यरत कर्मचारीलाई नै निरन्तरता दिनुपर्ने भएमा उनको कार्यसम्पादन प्रतिवेदनको आधारमा वडा समितिले निर्णय गरी सम्झौता नवीकरण गर्नुपर्नेछ ।
यस्तै नयाँ कर्मचारी आवश्यक परेमा सेवा लिनका लागि आवेदन लिएर वडा समितिको निर्णय अनुसार करार सम्झौता गर्नुपर्नेछ ।
करारमा राखिने कर्मचारीको पारिश्रमिक श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम हुन नहुने उल्लेख छ । करार सेवाको प्रगति प्रतिवेदन प्रत्येक महिना एक प्रति वडामा र अर्को प्रति प्रशासन तथा वित्त विभागमा पठाउनुपर्ने कर्मचारीको दैनिक हाजिरी (डोर हाजिर) अनिवार्य गरी सोही आधारमा पारिश्रमिक भुक्तानी दिनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण