बबई नदीमा फसेका दुई जनाको सकुशल उद्धार
बर्दिया । यहाँको गुलरिया नगरपालिका वडा नम्बर ५ बालापुरस्थित बबई नदीकोबिच भागमा फसेका दुई जनाको मंगलबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
सोही ठाउँ बस्ने ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवी प्रसाद थारु गाईवस्तु चराउन गएको समयमा एक्कासी पानीको बहाव बढेपछि नदीकोबिच भागमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नवीन थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरूलाई मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएको दुवै जनाको अवस्था भने सामान्य रहेको छ । त्यसैगरी बबई नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्न सक्ने सम्भावित स्थानहरूमा सशस्त्र प्रहरी परिचालन भई सुरक्षित स्थानमा रहन भनिएको छ ।
बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमलव १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण