डिजल सेवनबाट उदयपुरमा ९३ वर्षीय वृद्धको मृत्यु
बुधबार, २१ साउन २०८२, ११ : ३७
सारांश
- उदयपुरको चौदण्डीगढीमा ९३ वर्षीय वृद्धले डिजल सेवन गर्दा मृत्यु भयो।
- वृद्धले घरमा राखिएको डिजल अन्जानमा सेवन गरेपछि अस्पताल लगिएको थियो।
- उपचारको क्रममा विराटनगरस्थित अस्पतालमा उनको मृत्यु भयो, प्रहरीले घटनाको अनुसन्धान गर्दैछ।
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ सुगारेमा ९३ वर्षीय वृद्ध अन्त नारायण श्रेष्ठको डिजल सेवनबाट मृत्यु भएको छ।
साउन १९ गते साँझ श्रेष्ठले आफ्नै घरमा बोतलमा राखिएको डिजल अन्जानमा सेवन गरेका थिए। उनलाई सुरुमा नगर अस्पताल, चौदण्डीगढीमा प्राथमिक उपचार गरिएको थियो। तर अवस्था जटिल देखिएपछि लगत्तै थप उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल लगिएको थियो।
उपचारको क्रममा साउन बुधबार बिहान विहान ६ः३० बजे चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका हुन्।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण