हावाहुरीले मकैबालीमा क्षति हुँदा किसान चिन्तित
सारांश
- अविरल वर्षा र हावाहुरीले भोजपुरका किसानको मकैबालीमा क्षति पुर्याएको छ।
- पाक्न लागेको मकै हावाहुरीले ढालेपछि किसान चिन्तित भएका छन्, जसले पशुचौपायालाई खुवाउनुपर्ने अवस्था आएको छ।
- भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बाली मकैमा रोग, किरा र जंगली जनावरको पनि समस्या छ।
भोजपुर । अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् ।
मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ । भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताइन् । फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति पुर्याउँदै आएको कृषकहरुको उनको भनाइ छ ।
‘रोग किरा तथा जङ्गली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति गर्यो’, उनले भनिन्, ‘मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौँ ।’ दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिलालगायत जिल्लाका विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्याएको छ ।
भोजपुरमा धान पछिको दोस्रो प्रमुख खाद्य बालीको रुपमा मकै बालीलाई लिन गरिन्छ । हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले उत्पादन घट्दै अवस्था रहेको किसानहरुको भनाइ छ । जिल्लाको नौवटै स्थानीय तहमा मकैखेती हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
-
अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण