पाथीभरामा केबलकार निर्माण गर्न आवश्यक छैन : सांसद तिमिल्सिना
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले पाथीभरामा केबलकार निर्माण गर्न दिन नहुने बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले पाथीभरामा केबलकार निर्माण गर्न सरकारले निकुञ्जको पनि प्रयोग गर्न दिएको र यस्ता कुराहरू रोक्नुपर्ने बताइन् । उनले आवश्यक परेका ठाउँमा बाहेक अन्य ठाउँमा केबलकार बनाउन दिन नहुने बताइन् । उनले पाथीभरा केबलकार पनि बनाउन आवश्यक नरहेको समेत बताइन् ।
उनले भनिन्,‘यो केबलकार निर्माणको कुरा छ । केबलकारको कुरा गर्दा सरकारलाई बनाउन मन लाग्यो भने पाथीभरामा निकुञ्जबाट नै छुट्टै राखेर त्यहाँ एउटा उद्योगपति, व्यापारीलाई सरकारले त्यहाँ बनाउनलाई दियो । जनताले नमान्दा नमान्दै । हामीले पनि धेरै कुरा बोल्यौँ तर सुनेन । सरकारले यस्तो गर्न सक्छ । तर यस्तो गर्दछ भनेर हामीले छोड्न सक्दैनौँ । वन्यजन्तु, स्थानीयलाई कुनै क्षति नहुने गरी दिनुपर्छ । पाथीभरामा दिन जरुरी छैन । मुक्तिनाथमा केबलकार पोखराबाट लैजाने भनेर पास गरिसके रे । त्यही टिमले । गाडी त्यहीँसम्म पुग्छ, केबलकारको आवश्यकता छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण