तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताए।
- उनले पार्टी प्रवेश कार्यक्रममा बोल्दै सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व एमालेले मात्र गर्न सक्ने दाबी गरे।
- विभिन्न दलका ३८ जना नेता कार्यकर्ता बुधबार एमालेमा प्रवेश गरे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताएका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अझै पनि अहिलेको विकास पद्धतिबाट सन्तुष्ट हुन नसकिने भएकाले मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताए । उनले स्थायित्वका लागि राजनीतिक ध्रुवीकरण आवश्यक रहेकोसमेत बताए ।
महासचिव पोखरेलले मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व गर्न सक्ने सामर्थ्य एमालेसँग मात्र रहेको धारणा राखे । “मुलुकमा सामाजिक, आर्थिक परिवर्तन ल्याउने र ल्याउन सक्ने सामर्थ्य भएको पार्टी नेकपा एमाले मात्र हो, आज पार्टी प्रवेश गर्नुको अर्थ सही पार्टीको छनोट गर्नु हो”, उनले भने ।
महासचिव पोखरेलले विगतमा देशमा भएका अधिकांश महत्त्वपूर्ण रूपान्तरणको नेतृत्व एमालेको नेतृत्वमा भएको बताए । उनले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै अगाडि सारिएको मिसन–२०८४ लाई सफल बनाउन नवप्रवेशीको सहभागिता महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न दलहरूमा आबद्ध ३८ जना एमालेमा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण