विमानमा ठोकिन्छन् चरा, विमानस्थलको हवाई सुरक्षामा प्रश्न
सारांश
- विभिन्न विमानस्थलमा चरा तथा वन्यजन्तु ठोक्किने घटना बढेका कारण हवाई सुरक्षामा गम्भीर प्रश्न उठेको छ।
- जनकपुर विमानस्थलमा चरा ठोक्किएका घटना बढेका छन् भने काठमाडौं-भद्रपुर उडानमा चराका कारण ओभरसुट गर्नुपरेको थियो।
- चरा ठोक्किएपछि जहाज उडानका लागि अयोग्य हुने र मर्मतसम्भारमा समय र खर्च बढ्दा यात्रु र विमान कम्पनी दुवैलाई असर परेको छ।
काठमाडौँ । पछिल्ला केही सातायता नेपालका विभिन्न विमानस्थलहरूमा चरा तथा वन्यजन्तु ठोक्किने घटनामा वृद्धि भएको छ । जसले हवाई सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ । प्राविधिक कारणभन्दा पनि चरा र कहिलेकाहीँ स्याल लगायतका वन्यजन्तुसँग जहाज ठोक्किँदा उडानहरू ग्राउण्डेड हुनु सामान्य जस्तै बनेको बुद्ध एयरले जनाएको छ ।
जनकपुर विमानस्थलमा पनि यो समस्या देखिन्छ । जुन १३ देखि अगस्ट ६ सम्मको अवधिमा जनकपुर विमानस्थलमा मात्रै ६ पटकभन्दा बढी चरा ठोक्किएका छन् भने दुई पटक रनवेमा स्याल देखिएको छ । हालै मात्र अगस्ट ५ र ६ मा लगातार दुई दिन रात्रिकालीन उडानका क्रममा जहाजमा चरा ठोक्किएका थिए, जसमध्ये एक पटक जहाजको बायाँ इन्जिनको प्रोपेलर नै क्षतिग्रस्त भएको थियो ।
आज बिहान मात्र काठमाडौँ–भद्रपुर उडानमा रहेको एक जहाजले रनवेमा चराहरूको बाक्लो उपस्थितिका कारण ’ओभरसुट’ गर्नुपरेको थियो ।
एयरलाइन्सहरूले विमानस्थल क्षेत्रभित्र रहेका झाडी र घाँस समयमै नकाट्नु, वर्षायाममा रनवे वरिपरि पानी जम्दा किरा फट्याङ्ग्रा बढ्नु र तिनलाई खान चराहरू झुम्मिनु जस्ता समस्याले जोखिम बढाएको बताएका छन् ।
चरा ठोक्किएपछि जहाजलाई उडानका लागि अयोग्य मानिन्छ र यसको विस्तृत प्राविधिक परीक्षण अनिवार्य हुन्छ । इन्जिन वा प्रोपेलर जस्ता संवेदनशील भागमा क्षति पुगेमा मर्मतसम्भार गर्न लामो समय लाग्छ। यसले गर्दा मर्मतसम्भारमा अतिरिक्त समय र खर्च लाग्छ, जसको प्रत्यक्ष असर उडान तालिकामा पर्ने बुद्ध एयरले जनाएको हो ।
उडानहरू ढिला हुने वा रद्द हुँदा यात्रुहरूले घण्टौँ विमानस्थलमा कुर्नुपर्ने र अनावश्यक सास्ती भोग्नुपरेको छ। अर्कोतर्फ, नियमित मर्मतसम्भारकै खर्च धान्न मुस्किल परिरहेको अवस्थामा यस्ता अप्रत्याशित घटनाले विमान कम्पनीहरूमाथि थप आर्थिक व्ययभार थपिदिएको एयरलाइन्सहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण