आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन संसदीय समितिको निर्देशन

शुक्रबार, २३ साउन २०८२, ११ : ५६
शुक्रबार, २३ साउन २०८२

सारांश

  • संसदीय समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ।
  • समितिले गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो र त्यसपछिको कार्यप्रगति माग गरेको छ।
  • मैदान स्तरोन्नति, प्यारापिट र फ्लडलाइट बनाउने काम भइरहेको छ, ढिलाइ भएपछि निर्माण कम्पनीलाई हर्जाना लगाइएको छ।

काठमाडौँ । संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको कार्यप्रगति उपलब्ध गराउन निर्देशन दिएको छ ।

आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिले गत साउन १२ गते क्रिकेट मैदानको अवलोकन गरेको थियो । त्यसपछिको समयमा भएको कार्यप्रगति समितिलाई उपलब्ध गराउन समिति सभापति ठाकुरप्रसाद गैरेले समितिको तर्फबाट निर्देशन दिए । साथै कार्यप्रगतिको विवरण उपलब्ध गराउन समितिले पत्राचार गर्ने निर्णय भएको पनि बताए। 

उनले भने ‘त्रिवि क्रिकेट रङ्गशालाको कार्य प्रगति अनुगमनमा हामी गइसकेपछिको प्रगति विवरण के हो त्यो उपलब्ध गराउनु भनेर समितिले निर्देशन दिन्छ । समितिको तर्फबाट पत्राचार गर्दछौँ ।’

अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लडलाइट बनाउने काम भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना भराई काम भइरहेको छ । मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप