‘ज- जसले सलमानसँग काम गर्छ, ऊ मर्नेछ’
सारांश
- क्यानडामा भारतीय कमेडियन कपिल शर्माको रेस्टुराँमा गोली हानेको घटनामा ग्याङ्गस्टर लरेन्स विश्नोईको समूहको संलग्नता रहेको पुष्टि भएको छ।
- लरेन्स विश्नोई समूहले सलमान खानसँगको निकटताका कारण कपिल शर्मालाई धम्की दिएको र उनको क्याफेमा गोली चलाएको स्वीकारेको छ।
- बक्सरले सलमानसँग काम गर्ने जो कोहीलाई पनि मार्ने धम्की दिएका छन्, जसका कारण बलिउडमा डरको माहोल सिर्जना भएको छ।
नयाँदिल्ली । क्यानडामा भारतीय कमेडियन कपिल शर्माको रेस्टुराँ क्याप्स क्याफेलाई निशाना बनाएर दुई पटक गोली हानियो । अब यस मामलामा ठुलो अपडेट बाहिर आएको छ । आफूले पाएको जानकारीका अनुसार क्याफेमा ग्याङ्गस्टर लरेन्स विश्नोईको गिरोहले गोली हानेको हो । सो गिरोहले सलमान खानसँग निकटता कपिलको लागि आपत् भनेको छ ।
नेटफ्लिक्सको शो ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनको पहिलो एपिसोडमा सलमान खानलाई अतिथिको रूपमा बोलाइएको थियो । यसै सन्दर्भमा लरेन्स ग्रुपको ग्याङ्गस्टर ह्यारी बक्सरको भिडियो बाहिरिएको छ ।
शोमा कपिलले सलमानलाई अतिथिको रूपमा बोलाउनु आफूलाई मन नपरेको बक्सरले भिडियोमा भनेका छन् । यसैको बदला लिन कपिलको क्याफेमा गोली हानिएको बताइएको छ । ‘ज–जसले सलमानसँग काम गर्छ उ मर्नेछ’ भिडियोमा भनिएको छ ।
‘कपिलको रेस्टुराँमा गोली यसकारण पनि चलाइएको हो कि कपिलले आफ्नो शोको उद्घाटनमा सलमान खानलाई बोलाएका थिए । अर्को पटक डाइरेक्टर, प्रड्यूसर, कलाकार जो सुकै होस् यी सबैलाई चेतावनी दिँदैनौँ । अब सिधै छातीमा गोली हानिनेछ’ बक्सरले भनेका छन् । ‘हामी मुम्बईको माहौल यति नराम्रो पारिदिनेछौँ कि तिमीहरू कसैले सोचेका पनि छैनौँ’ अझ अगाडि उनले भनेका छन् ।
‘कलाकार, डाइरेक्टर साना ठूला जस्ता सुकै होउन्, कसैलाई छाडिन्न, सबैलाई मारिन्छ’ उनले भनेका छन् । कसैले सलमानसँग काम गर्यो भने आफ्नो मृत्युको जिम्मेवार त्यो व्यक्ति स्वयम् हुने पनि भिडियोमा भनिएको छ ।
कपिललाई यस्तो धम्की आएपछि बलिउडमा डरको माहौल छ । लरेन्स र सलमानको दुस्मनी नयाँ होइन । कालो हरिण मारेको घटनादेखि नै लरेन्स सलमानको पछि लागेका हुन् ।
कयौँ पटक उनले अभिनेतालाई मार्ने प्रयास पनि गरिसकेका छन् । अभिनेताको घर बाहिर पनि गोली चलाइयो । कालो हरिण मारेको मामिलामा सलमानले विश्नोई समाजसँग माफी माग्नुपर्ने लरेन्सको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीको छलफल : प्रधानमन्त्रीसँग १० बुँदे माग
-
द्वन्द्वपीडित र जेनजी आन्दोलनका घाइतेबिच विभेद गरिएको भन्दै सर्वोच्चद्वारा सरकारसँग जवाफ माग
-
कैदीबन्दीलाई अब प्रत्येक वर्ष नयाँ तन्ना, चाडपर्व खर्च ५ सय
-
पछिल्लाे २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु
-
पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीको छलफल : जायज माग कार्यान्वयन गर्ने आश्वासन
-
बुधबारदेखि वर्षा कम हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण