शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध छ : उपाध्यक्ष भुसाल

शुक्रबार, २३ साउन २०८२, २० : ४६
शुक्रबार, २३ साउन २०८२

ललितपुर । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध रहेको बताएकी छन् । 

पार्टीद्वारा शुक्रबार आयोजित जिल्ला भेला एवं तीज विशेष कार्यक्रममा उनले जनयुद्धदेखि हालसम्मको अवस्थालाई संश्लेषण गरेर समाजवादी आन्दोलनको खाका तयार गर्न माओवादी नेतृत्व लागेको बताइन् । 

“सुदृढ र एकीकृत पार्टी निर्माण गरेर समाजवादको बाटो निर्माणका लागि हाम्रो पार्टी लागिपरेको छ”, उपाध्यक्ष भुसालले भनिन्,“पार्टीको आगामी बैठक र महाधिवेशनले समाजवादी क्रान्तिको विस्तृत कार्यदिशा तयार गरेर अगाडि बढ्छ । उनले केन्द्रदेखि तल्लोतहसम्म पार्टी कार्यकर्ताले निर्णयलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । 

“विमति र फरक विचारहरू पार्टीमा राख्न पाइन्छ, आफ्ना समितिमा राख्ने छुट छ, तर छरपस्ट रूपमा सार्वजनिक गर्न पाइँदैन, सबै सदस्य एवं नेतृत्वले पार्टीको निर्णयलाई पालना गर्नुपर्छ,” उनले भनिन्, “पार्टीले गुट र उपगुट सबै खारेज भएको छ ।”

कार्यक्रममा पार्टीका महिला नेतृत्व एवं कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप