खोटाङमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी
सारांश
- खोटाङको सापातेलमा दुई बालबालिका मृत अवस्थामा फेला परेका छन्।
- प्रहरीलाई खबर नगरी दाहसंस्कार गरिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
- शव उत्खनन गरी अनुसन्धान थालिएको र घटनाबारे थप जानकारी लिइनेछ।
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । यसबारे प्रहरीलाई जानकारी नै नदिएर दाहसंस्कार गरिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो ।
यसै क्रममा आज दाहसंस्कार गरिएको स्थानबाट शव उत्खनन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छोरम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे प्रहरी प्रशासनलाई जानकारी नै नदिएको विषय थाहा पाएपछि अनुसन्धानका लागि शव उत्खनन गरिएको बताए ।
‘सापातेलमा भएको घटनाबारे शव अन्त्येष्टि गरिसकेपछि मात्रै प्रहरीमा जानकारी प्राप्त भयो । दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव परीक्षणपछि मात्रै कानुनी प्रक्रिया पूरा गरेर दाहसंस्कार गर्नुपर्ने प्रावधान छ’, उनले भने ।
गत बिहीबार बस्नेतका तीन छोराछोरीसहित ६ जना बालबालिका सम्पर्कविहीन भएका थिए । सोही दिन खोजी गर्ने क्रममा साझ अन्य चार जना नजिकैको ओडारमा सकुशल पाइए पनि दुई जना मृत भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
-
अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण