शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देही मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु

सोमबार, २६ साउन २०८२, ०९ : २४
सोमबार, २६ साउन २०८२

सारांश

  • रुपन्देहीको मणिग्राममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
  • दुर्घटनामा नवलपरासीका २० वर्षीय खेम भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ स्थित मणिग्राममा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक युवाको मृत्यु भएको  छ।

मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भई हाल तिलोत्तमा नगरपालिका–१४ तीनधुरा भलवारी बस्ने २० वर्षीय खेम भुसाल रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल सोमबार बिहान मणिग्राममा आफै अनियन्त्रित भई पल्टिएको थियो । 

भुसाललाई उपचारको लागि क्रिमशन अस्पताल पुर्‍याइएकोमा तत्कालै  मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप