रास्वपाले उम्मेदवारहरूको प्रारम्भिक नामावली आज प्रकाशन गर्दै
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ को निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने भएको छ।
- उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन्, र उनीहरूबीच साझा नाम छनोटका लागि छलफल भएको थियो।
- पार्टीले उम्मेदवार छनोटमा हस्तक्षेप नगर्ने र नाम फिर्ता लिन चाहनेलाई दिउँसो ४ बजेसम्म समय दिइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही–३ को निर्वाचनमा आकांक्षी उम्मेदवारहरूको प्रारम्भिक नामावली आज साँझ सार्वजनिक गर्न लागेको छ । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएका छन् ।
केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार आकांक्षीबिच साझा नाम छनोटका लागि छलफल भएको थियो । पार्टीको तर्फबाट मोडरेसन (मध्यस्थता) सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गरेका थिए । आफ्नो नाम फिर्ता लिन चाहने व्यक्तिले दिउँसो ४ बजेसम्म लिखित रूपमा दिन आग्रह गरिएकाले प्राप्त दस्ताबेजका आधारमा नामावली सार्वजनिक गरिने आचार्यले जानकारी दिए ।
‘पार्टीले यसलाई उम्मेदवार बनाऊँ वा अर्कोलाई बनाऊँ भनेर हस्तक्षेप गर्दैन । हिजो उम्मेदवारका आकाङ्क्षीहरू बसेर छलफल गर्नुभयो । नाम फिर्ता लिन चाहने व्यक्तिलाई आज दिउँसो ४ बजेसम्म लिखित दिनोस् भनेका छौँ । कसले फिर्ता लिए वा लिएन त्यसपछि मात्र थाहा हुन्छ । त्यसकै आधारमा हामी साँझतिर नामावली प्रकाशन गर्छौँ’, रातोपाटीसँग उनले भने ।
आवेदन दिएका व्यक्तिहरुमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, डा.लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुशुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका छन् । आवेदन दिनेमा महर्जन बाहेक सबै जना स्थानीय रहेका छन् । खरेल र अर्यालबाहेक सबै सिद्धार्थनगरका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण