डेंगु नियन्त्रण गर्न ललितपुर महानगरको नगरवासीलाई आव्हान
ललितपुर । ललितपुर महानगरले डेंगु को प्रकोप नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिन र सफा राख्न नगरवासीलाई आव्हान गरेको छ ।
सामाजिक समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनको अध्यक्षतामा सोमबार बसेको डेंगु नियन्त्रणसम्बन्धी बैठकमा घर कम्पाउण्डभित्र पानी जम्न नदिन विज्ञहरूले अनुरोध गरे ।
टायर, ट्यूब र प्लाष्टिकका भाडाहरू जथाभावी फ्याँक्दा त्यसमा पानी जम्ने र त्यो पानीमा डेंगु फैलाउने लामखुट्टेको विकास हुने भएकाले टायर र ट्युब घर वरपर नराख्न महानगरले अनुरोध गरेको छ ।
महानगरका प्रवक्ता राजु महर्जन सामान्य जस्तो लाग्ने सजगताले डेंग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘हाम्रो सजगताले डेंगु फैलाउने लामखुट्टेको वृद्धि र विकास हुन दिँदैन, त्यसैले सावधानी अपनाऔँ ।’
साताको एक पटक घर र कम्पाउण्डमा ’खोज र नष्ट गर‘ क कार्यक्रम सञ्चलन गर्न पनि महानगरले नगरबासीलाई आग्रह गरेको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भवन पौडेलले सामान्य सतर्कताले डेंगु रोगबाट जोगिन सकिने जानकारी दिए ।
कार्यक्रममा विषयगत समितिका संयोजकहरू, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।घरमा बस्दा वा कार्यालय र विद्यालय जाँदा, हिँड्डुल गर्दा पुरा बाउला भएको कपडा लगाउन महानगरले भनेको छ ।
अनुगमनको क्रममा सार्वजनिक कार्यक्रममा प्रयोग गरिएका कपहरूको उचित व्यवस्थापन नभएको उल्लेख गर्दै डेंगुको प्रकोप मत्थर नभएसम्म प्लाष्टिकका कप प्रयोगमा महानगरले प्रतिबन्ध लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण