अमेरिका
डोनाल्ड ट्रम्पले वासिङ्टन डिसीमा किन लगाए सार्वजनिक सुरक्षा आपतकाल ?
सोमबार, २६ साउन २०८२, २२ : ४५
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डिसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गरेका छन्।
- राजधानीको पुलिस विभागलाई केन्द्रीय नियन्त्रणमा लिई सडकमा प्रहरी र एफबीआई एजेन्ट तैनाथ गरियो।
- ट्रम्पले वासिङ्टन डीसीको उच्च हत्या दर, गाडी चोरी, र अपराधी गतिविधिबारे चिन्ता व्यक्त गरे।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डिसीमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गर्दै राजधानीको पुलिस विभाग (एमपीडी)लाई केन्द्रीय नियन्त्रणमा लिएका छन्।
सरकारको निर्णयपछि सहरका सडकमा ठुलो सङ्ख्यामा प्रहरी अधिकारी र एफबीआई एजेन्टहरू तैनाथ गरिएको छ, जसले आपराधिक गिरोह नियन्त्रणमा ल्याउने काम गर्नेछन्।
ट्रम्पका अनुसार वासिङ्टन डिसीमा हत्या दर विश्वकै उच्च स्थानहरूमध्ये पर्छ र गाडी चोरीको घटनामा पनि वृद्धि भएको छ। उनले राजधानीमा हिंसक गिरोह, अपराधी, लागुऔषधका आदी र बेघर व्यक्तिहरूको प्रभाव बढेको दाबी गरे।
राष्ट्रपतिले सरकारी कर्मचारी, एक डेमोक्रेट सांसद र एक इन्टर्नमाथि भएका आक्रमणको उदाहरण दिँदै यसले सरकारी कामकाजमा असर पारेको र अमेरिका नै जोखिममा परेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण