‘लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन गरेर अदालतलाई प्रभावमा पार्न खोजिँदै छ’
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन गरेर अदालतलाई प्रभावमा पार्न खोजेको बताएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद न्यौपानेले रास्वपाले बीपी कोइराला र नेल्सन मण्डेलाको उदाहरण दिने गरेको भन्दै रवि र उनीहरूको जेल बसाइमा अन्तर रहेको बताइन् ।
न्यौपानेले भनिन्, ‘रविजस्तै उहाँहरू जनतालाई ठगेर जेल बस्नु भएको नभई जनताका लागि बस्नुभएकाे हाे ।’ लामिछानेले यसअघि पनि कानुन विपरीतका काम गरेको आरोप लगाइन् ।
न्यौपानेले कानुन निर्माणमा स्वार्थ समूह हाबी हुँदा गलत कानुन बनिरहेको आफ्नो अनुभवले देखाएको बताइन् ।
केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै वटा ऐन संशोधन प्रस्ताव ल्याउने र संसद्मा त्यसबारे कमै मात्र छलफल हुने प्रवृत्तिले गलत कानुन बन्ने गरेको देखिएको उनको भनाइ थियो ।
न्यौपानेले भनिन्, ‘कहिलेकहीँ स्वार्थ समूह हाबी भएर गलत कानुनहरू पनि बन्दो रहेछ । विगतका एक दुइ वटा घटनाले यसको पुष्टि समेत गर्दछ ।’
केही नेपाल ऐन भनेर गोलमटोल रूपमा ऐन बनाउने भन्दा स्पष्ट बुँदामा संशोधन ल्याउँदा उपयुक्त हुने उनको भनाइ थियो । त्यस्तै उनले कारागारको विषय उठाउँदै सुधारको आवश्यकता रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण