सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
सारांश
- सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरेसँगै कर्मचारी दरबन्दी मिलान र सङ्गठन संरचना व्यवस्थापनको कार्य अघि बढाएको छ।
- सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणपछि केही दरबन्दी घट्न सक्ने र केही कर्मचारी फाजिलमा पर्न सक्ने देखिएको छ।
- आवश्यकताअनुसार, फाजिल कर्मचारी व्यवस्थापनपछि वा नयाँ दरबन्दी स्वीकृत भएमा लोक सेवा आयोगमा माग गरिने गरी पदपूर्ति प्रक्रिया पूर्ण रूपमा नरोकिएको सरकारले स्पष्ट पारेको छ।
काठमाडौँ। सरकारले प्रशासनिक सुधार अन्तर्गत मन्त्रालयहरूको सङ्ख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र सङ्गठन संरचना व्यवस्थापनको कार्य अघि बढाएकोजनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साविकका २२ वटा मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको र सोही बमोजिम कर्मचारी व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको जानकारी दिएको हो।
विज्ञप्तिमा नवगठित तथा गाभिएका मन्त्रालय र मातहतका निकायहरूको सङ्गठन संरचना र कर्मचारी दरबन्दी निश्चित गर्न 'सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण' भइरहेको उल्लेख छ। उक्त सर्वेक्षण सम्पन्न भएपछि हाल कायम रहेका कतिपय दरबन्दीहरू घट्न सक्ने र केही कर्मचारीहरू दरबन्दीभन्दा बढी भई 'फाजिल'मा पर्न सक्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।
यसरी फाजिलमा पर्ने कर्मचारीहरूको उचित व्यवस्थापन र दरबन्दी मिलानलाई ध्यानमा राख्दै सरकारले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा गरिने मागमा केही कडाइ गरेको छ। सोमबार बसेको सचिवहरूको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृति बिना लोक सेवा आयोगमा नयाँ स्थायी पदपूर्तिका लागि माग नगर्ने निर्णय गरेको थियो।
तर सरकारले पदपूर्ति प्रक्रिया पूर्ण रूपमा नरोकिएको प्रस्ट पारेको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'कुनै पदमा पदपूर्ति गर्नुपर्ने अति आवश्यक भएमा, फाजिलमा रहेका कर्मचारीहरूको व्यवस्थापन भइसकेपछि पनि पद रिक्त रहेमा वा नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृत भएका नयाँ दरबन्दीमा पदपूर्ति गर्नुपर्ने अवस्था आएमा भने नियमित रूपमा लोक सेवा आयोगमा माग गरिनेछ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण