एन्फा ग्रास रुट कार्यक्रमको औपचारिक रूपमा उद्घाटन
मङ्गलबार, २७ साउन २०८२, १६ : २१
काठमाडौँ । एन्फा ग्रास रुट कार्यक्रमको औपचारिक रूपमा उद्घाटन भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका लागि टीडीएच र चाइल्ड नेपालसँग सम्झौता पनि भएको छ । सम्झौता पत्रमा टिडिएचका सेभ गार्डिङ कोअर्डिनेटर कमल लामा तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले हस्ताक्षर गरे ।
विषयगत क्षेत्रमा सहकार्य गर्दै बालबालिकाको सुरक्षित रूपले फुटबलमा सक्रिय रहने वातावरण सृजना गर्ने कार्यक्रमको मुख्य योजना रहेको छ । ३ वर्षे कार्यक्रम विश्व फुटबल महासङ्घ(फिफा)को आर्थिक सहयोगमा हुन लागेको हो । ३ वर्षे कार्यक्रम ३९ जिल्लामा सञ्चालन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण