ओलम्पिकको तदर्थ कमिटी गठन गर्ने पक्षले भन्याे– खेलकुदमा विकास गर्न आएका हौँ
काठमाडौँ । नेपाली खेलकुदमा नयाँ सेरोफेरो सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ ओलम्पिक कमिटी गठन गर्नु भनेर निर्देशन दिएको १५ दिनभित्र तदर्थ कमिटी गठन भएको छ ।
मंगलबार नेपाल ओलम्पिक कमिटीको ९ सदस्यीय कमिटी गठन भएको हो । कमिटीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको पनि समर्थन छ । उनले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गर्दा पनि नयाँ ओलम्पिक कमिटी गठन गर्ने बताएका थिए ।
नयाँ ओलम्पिक कमिटीका प्रवक्ता समिम मियाले नेपाली खेलकुद विकासका लागि नयाँ ओलम्पिक कमिटी आवश्यक रहेको बताए ।
रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘हामी नेपाली खेलकुदलाई विकास गर्नेतर्फ लाग्दैछौँ । तर, नेपाल ओलम्पिक कमिटी अवैधानिक भएका कारण नयाँ कमिटी गठन गर्नु परेको हो ।’
नेपाल ओलम्पिक कमिटीका निर्वाचित अध्यक्ष हाल जीवनराम श्रेष्ठ हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले हालसम्म उक्त कमिटीको नयाँ कार्यसमितिलाई अवैधानिक भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण