नेपाल ओलम्पिक कमिटीमा ९ सदस्यीय तदर्थ समिति गठन
काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समिति गठन गरिएको छ । मंगलबार ध्रुव बहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
खेलाडीहरूको खेल्न पाउने अधिकार र भविष्यलाई सुनिश्चित गर्न हाल नेतृत्व विहीन अवस्थामा रहेको कमिटीभित्र उत्पन्न समस्याहरूको दिगो समाधान गरी ओलम्पिक गतिविधिलाई संस्थागत रूपमा अघि बढाउन तदर्थ समिति गठन गरिएको हो ।
तदर्थ समिति प्रवक्ता समिम मियाँ अन्सारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,'राष्ट्रिय खेल सङ्घ तथा महासङ्घहरूको अन्तर्राष्ट्रिय क्रियाकलापहरूलाई निरन्तरता दिन आज मिति २०८२ श्रावण २६ गतेको दिन नेपाल ओलम्पिक कमिटीमा आबद्ध जम्मा २३ वटा खेल सङ्घहरूका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त भेलाले नेपाल ओलम्पिक कमिटीका निवर्तमान तथा मानार्थ अध्यक्ष माननीय श्री ध्रुव बहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको कुरा जानकारी गराइन्छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण