मुख्यमन्त्री सिंहद्वारा औद्योगिक क्षेत्रको निरीक्षण
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको अवलोकन गरेका छन्।
- मुख्यमन्त्रीले औद्योगिक क्षेत्रमा पूर्वाधार र सुरक्षाको लागि प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गरे।
- औद्योगिक क्षेत्रमा ठुला उद्योग स्थापनाको सम्भावना रहेको र प्रदेश सरकारले सहजीकरण गर्ने बताए।
सप्तरी। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको मंगलबार अवलोकन तथा निरीक्षण गरेका छन् ।
जिल्लाको राजविराज नगरपालिका–९ स्थित मलेठ र रुपनी गाउँपालिकाको सिमानामा रहेको औद्योगिक क्षेत्रको अवलोकन गर्दै उनले त्यसको अवस्थाबारे जानकारी लिए ।
विसं २०४४ मा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल १२ वटा उद्योग सञ्चालनमा रहेका छन् भने थप उद्योग स्थापना तयारी भइरहेको जानकारी दिइयो ।
मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा ढल निकास, खानेपानीलगायत आधारभूत पूर्वाधारका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ८० लाख विनियोजन गरिसकेको बताए । उनले यहाँको सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पहल भइरहेको जानकारी दिए ।
मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा ठुला उद्योग स्थापनाको प्रचुर सम्भावना रहेकाले यसका लागि प्रदेश सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । “ठुला उद्योग स्थापना भए रोजगारीका अवसर सिर्जना हुनुका साथै राजस्व सङ्कलनमा वृद्धि भई स्थानीय, प्रदेश तथा राष्ट्रिय आर्थिक विकासमा टेवा पुग्नेछ”, उनले भने,“यसै कारण प्रदेश सरकार यहाँको समग्र विकासका लागि प्रतिबद्ध छ । उद्योगपतिलाई यहाँ लगानी गर्न निरन्तर आग्रह गरिरहेको छौँ ।”
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कायमुकायम प्रमुख मनिषकुमार मिश्र र उद्योगी मिलन सिंहले मुख्यमन्त्री सिंहसमक्ष औद्योगिक क्षेत्रको वर्तमान अवस्था र विद्यमान समस्याबारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण