रिटर्नी भरतपुरमा नयाँ नेतृत्व चयन
सारांश
- भरतपुर महानगर समितिले राजु भुसाल ‘मोती’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
- समितिको उपाध्यक्षमा लालबहादुर भट्ट र अभिमन्यु तिवारी चयन भएका छन्।
- रिटर्नी सेन्टर नेपालका इन्चार्ज देवेन्द्र पराजुलीले विभिन्न योजना लिएर सातै प्रदेश पुग्ने बताए।
काठमाडौँ । रिटर्नी सेन्टर नेपाल भरतपुर महानगर समितिले नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार भएको समितिको दोस्रो सम्मेलनले राजु भुसाल ‘मोती’को नेतृत्वमा दोस्रो कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लालबहादुर भट्ट, अभिमन्यु तिवारी रहेका छन् । त्यसैगरी सचिवमा दीपक घिमिरे , सह–सचिवमा हरि न्यौपाने र कोषाध्यक्षमा टीका श्री थापा रहेका छन् ।
२९ वडाबाटै प्रतिनिधित्व हुने गरि बनाइएको समितिमा ५८ जना सदस्यहरू रहेका छन् । सम्मेलनले सल्लाहकार संयोजकमा विष्णु अधिकारीलाई चयन गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा रिटर्नी सेन्टर नेपालका सम्मेलनमा फ्याक्सन इन्चार्ज देवेन्द्र पराजुलीले सेन्टरले विभिन्न योजना बनाइ सकेको र ती योजना लिएर सातै प्रदेश पुग्ने बताए । उनका अनुसार रिटर्नीको छरिएको ज्ञान सीप र पुँजीलाई एकीकृत गर्ने योजना सेन्टरले बनाएको छ ।
सम्मेलनमा सेन्टरका केन्द्रीय सदस्य कृष्ण ढकाल, चितवन जिल्ला समिति अध्यक्ष निमकान्त पाण्डे , भरतपुर नगरका इन्चार्ज सझाराम विक ,जिल्ला समिति सदस्य इन्द्र न्यौपाने र वाईसीएल जिल्ला संयोजक दुर्लभ शाही सहित सबै वडाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण