मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक छ : सञ्चारमन्त्री गुरुङ
सारांश
- मन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता विकासका लागि आवश्यक रहेको बताए।
- उनले नेपालमा अस्थिरताका कारण समस्या देखिएको र ठुला दलको समीकरण बनाएको बताए।
- कार्यक्रममा विभिन्न लघुवित्त पुरस्कारहरू वितरण गरियो।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौँमा स्वावलम्बन विकास केन्द्रको ३४ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री गुरुङले डेमोक्रेसी विकासका लागि उत्तम विकल्प भए पनि राजनीतिक स्थिरता बिना विकास सम्भव नरहेको बताएका हुन् ।
नेपालमा अस्थिरताका कारण धेरै समस्या देखिएकाले स्थायित्वका लागि ठुला दलको समीकरण बनाएको उनले बताए । मन्त्री गुरुङले देशभर छरिएर रहेका साना–साना उत्पादनहरूलाई व्यवसायिकमुखी बनाउन सके देश माथि उठ्न सक्ने धारणा राखे ।
कार्यक्रममा दुई लाख रुपैयाँ राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई गरिएको छ भने दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल योगेन्द्र मण्डललाई प्रदान गरिएको छ । त्यस्तै ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण