एन्फा महिला लिग छनोट बिहीबारदेखि, १४ टोलीबिच प्रतिस्पर्धा हुने
सारांश
- एन्फाले आयोजना गर्ने महिला लिग छनोट २०२५ बिहीबारबाट सुरु हुने भएको छ।
- प्रतियोगितामा १४ क्लबले भाग लिनेछन् र खेलहरू एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा हुनेछन्।
- प्रतियोगिताबाट ५ टोली महिला लिगका लागि छनोट हुनेछन्, जसमा समूह विजेता र उपविजेता सीधै छनोट हुनेछन्।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘एन्फा महिला लिग छनोट २०२५' प्रतियोगिता बिहीबारबाट सुरु हुने भएको छ ।
राष्ट्रिय महिला लिगका लागि टोली छनोट गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा देशभरका १४ क्लबले सहभागिता जनाउँदै छन् ।
प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान र च्यासल रंगशालामा हुनेछन् । एन्फाका अनुसार प्रतियोगिताबाट कुल ५ टोली महिला लिगका लागि छनोट हुनेछन् ।
सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणमा हरेक टिमले ६ खेल खेल्नेछन् । दुवै समूहका विजेता र उपविजेता गरी चार टोली सीधै राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् ।
बाँकी एक स्थानका लागि दुवै समूहका तेस्रो स्थानमा आउने टोलीहरूबिच एक नकआउट खेल हुनेछ । उक्त खेलको विजेता टोलीले लिगमा पाँचौँ टोलीको रूपमा स्थान बनाउनेछ । प्रतियोगिता अवधिभर कुल ४३ खेलहरू सञ्चालन हुने एन्फाले जनाएको छ ।
प्रतियोगितामा न्यु रोड टिम, स्टुडेन्ट फुटबल क्लब, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एन्ड बिच फुटबल, राप्ती फुटबल क्लब, एनबीएम पोखरा गर्ल्स एफसी, नेपाल खेलकुद क्लब, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी रियल, चर्च ब्वाइज युनाइटेड, छहारी युवा क्लब, बुटवल लुम्बिनी एफसी र संकटा फुटबल क्लबले सहभागिता जनाउनेछन् ।
प्रतियोगिता सञ्चालनका लागि ९० लाख रुपैयाँ खर्च हुने एन्फाले अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण