ताप्लेजुङ गोल्डकप : रेड स्टार र सहलेश भिड्दै
बिहीबार, २९ साउन २०८२, ०८ : ०९
सारांश
- ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा झापा र सिरहाको प्रतिस्पर्धा हुँदैछ।
- पहिलो सेमिफाइनलमा चर्च ब्वाइज क्लबले द योङ ब्रदर्शलाई पराजित गर्यो।
- विजेताले ७ लाख २८२ र उपविजेताले ३ लाख ५० हजार ८२ पाउनेछन्।
ताप्लेजुङ । ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज झापाको रेड स्टार फुटबल क्लब र सिरहाको सहलेश युवा क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइज क्लबले सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
यसअघि सहलेश पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु सात लाख २८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छभने उपविजेता टोलीले रु तीन लाख ५० हजार ८२ प्राप्त गर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण