नेपाल राष्ट्रिय मगर संघको नयाँ कार्यसमिति गठन (सूची)
शनिबार, ३१ साउन २०८२, ११ : ०१
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाल मगर संघको नयाँ कार्यसमिति घोषणा गरियो।
- संघको तेस्रो राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो, जसमा ३१ जना सदस्य छन्।
- इच्छु राम थानामगर सभापतिमा, कृष्ण थापामगर, उमा थापामगर, र जनक कुमार वाँठामगर उपसभापतिमा चयन भए।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सम्पन्न कार्यक्रममार्फत नेपाल राष्ट्रिय मगर संघको नयाँ कार्यसमिति घोषणा गरिएको छ। संघको तेस्रो राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिको नामावली शनिबार सार्वजनिक गरिएको हो।
संघको यसपटकको कार्यसमितिमा ३१ जनाको प्रतिनिधित्व रहेको छ। घोषित कार्यसमितिअनुसार संघको सभापतिमा खोटाङका इच्छु राम थानामगर चयन भएका छन्। उपसभापतिमा काठमाडौँका कृष्ण थापामगर र बाँकेकी उमा थापामगर र रुकुम पश्चिमका जनक कुमार वाँठामगर निर्वाचित भएका छन् ।
महामन्त्रीमा धादिङका रामबहादुर थापामगर तथा सहमहामन्त्रीमा खडकबहादुर थापा, हस्त पुन र सरिता रानामगर चयन भएका छन् । कोषाध्यक्षमा गायत्री रानामगर चयन भएकी छन्।
सूची-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण