आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

रिचार्लिसनको दुई गोल, नयाँ प्रशिक्षकको नेतृत्वमा स्पर्सको सहज जित

शनिबार, ३१ साउन २०८२, २२ : ०४
शनिबार, ३१ साउन २०८२

सारांश

  • टोटेनहमका नयाँ प्रशिक्षक थोमस फ्र्याङ्कले बर्नलीलाई ३-० ले हराएर प्रिमियर लिगमा पहिलो जित हासिल गरे।
  • रिचार्लिसनले दुई गोल गरेर टोलीलाई जित दिलाए, उनले उत्कृष्ट प्रदर्शन गर्दै क्षमता देखाए।
  • मोहम्मद कुदुस र रिचार्लिसनको सहकार्यले टोलीलाई अग्रता दिलायो, ब्रेनन जोन्सनले पनि गोल गरे।

लण्डन । टोटेनहमका नयाँ प्रशिक्षक बनेका थोमस फ्र्याङ्कले प्रिमियर लिगमा आफ्नो पहिलो जित हात पारेका छन् । ब्राजिली स्ट्राइकर रिचार्लिसनले दुई गोल गर्दै टोलीलाई नवप्रवेशी बर्नलीमाथि ३–० को सहज जित दिलाएका हुन्।

रिचार्लिसनले यसअघि २०२४–२५ सिजनमा प्रिमियर लिगमा जम्मा चार गोल मात्र गरेका थिए, तर यस खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो वास्तविक क्षमताको झलक देखाए। टोटेनहमले उनलाई तीन वर्षअघि एभर्टनबाट खरिद गर्न ६० मिलियन पाउन्ड किन खर्च गर्‍यो भन्ने कारण स्पष्ट भएको देखियो।

खेलको १०औं मिनेटमा मोहम्मद कुदुसको उत्कृष्ट पासलाई नियन्त्रण गर्दै रिचार्लिसनले टोलीलाई अग्रता दिए । वेस्ट ह्यामबाट ५५ मिलियन पाउन्डमा स्पर्स आएका कुदुस यसै खेलमार्फत आफ्नो लिग डेब्यु गरिरहेका थिए।

दुवै खेलाडीले दोस्रो गोलमा पनि सहकार्य गरे। कुदुसले दिएको क्रसलाई रिचार्लिसनले हावामा उफ्रिँदै सिजर किकमार्फत बललाई जाली चुमाए ।  ६६ औं मिनेटमा टोटेनहमले तेस्रो गोल गर्‍यो। यो आक्रमण रिचार्लिसनकै पहलमा सुरु भएको थियो । यसपटक ब्रेनन जोन्सनले गोल गरे।

पूर्व ब्रेन्टफर्ड प्रशिक्षक फ्र्याङ्क जुन महिनामा टोटेनहमको जिम्मेवारी सम्हाल्न आएका हुन्। उनले एन्ज पोस्टेकोग्लुलाई प्रतिस्थापन गरेका हुन्, जसलाई क्लबले म्यानचेस्टर युनाइटेडलाई १० ले हराउँदै युरोपा लिग जितेपछि केबल १६ दिनमै पदमुक्त गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप