पाकिस्तानमा बाढीका कारण मर्नेको सङ्ख्या २२० पुग्यो
आइतबार, ०१ भदौ २०८२, १० : ४४
सारांश
- पाकिस्तानको बुनेर जिल्लामा बाढीका कारण २२० जनाको मृत्यु भएको छ।
- बाढी र पहिरोमा डुबेका घरहरूबाट थप शवहरू फेला परेका छन्।
- आगामी दिनमा थप वर्षाको सम्भावना रहेकोले मृतकको संख्या बढ्न सक्ने अनुमान छ।
इस्लामवाद । उत्तर पश्चिम पाकिस्तानको बुनेर जिल्लामा बाढीका कारण कम्तिमा २२० जनाको मृत्यु भएको छ । शनिबार अधिकारीहरूले यसको जानकारी दिएको भन्दै एपीले समाचार छापेको छ । रातारात प्रहरीहरूले अचानक आएको बाढी र पहिरोमा डुबेका घरहरूबाट अरू ६३ जनाको शव निकालेका छन् ।
आगामी दिनमा थप वर्षा हुने प्रक्षेपण आइरहँदा बाढीका कारण मर्नेको सङ्ख्या बढेको हो । बुनेरमा अझै पनि सयौँ उद्धारकर्मीहरूले जीवितको खोजी गरिरहेका छन् ।
शुक्रबारको मुसलधाले वर्षा र क्लाउड ब्रष्टका कारण खैबर पख्तुन्ख्वा प्रान्तका कयौँ स्थानमा विनाशकारी बाढी आएको थियो ।
उद्धारकर्मीहरूले पिर बाबा र मलिक पुरा गाउँमा पनि शवको खोजी तीव्र पारेका छन् । हालैका दिन उत्तरपश्चिम पाकिस्तानमा सामान्यभन्दा उच्च मनसुनी वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण